विश्वभर १ करोड ९५ लाखबढी कोरोनाका सक्रिय संक्रमित

जनकपुरधाम मंसिर । विश्वभर एकै दिन ५ लाख ८४ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । वल्र्डोमिटर्सको बुधवार अद्यावधिक तथ्यांकअनुसार विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ८४ हजार ३८८ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ९५ लाख ६७१ पुगेको छ । सक्रिय संक्रमितमध्ये १ लाख छ हजार ४४१ जनाको अवस्था गम्भीर छ । विश्वभर हाल छ करोड ८५ लाख ६१ हजार ८१० जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ४ करोड ७४ लाख ५८ हजार २४४ जना डिस्चार्ज भइसकेका छन् ।

यसैगरी हालसम्म कोरोना संक्रमणबाट १५ लाख ६२ हजार ८९५ जनाको मृत्यु भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस