‘त्रास र भयमा कहिलेसम्म बस्ने सरकार ?’

राजविराज, २५ मंसिर । ‘राति–राति हुलका हुल जंगली हात्तीहरु वस्तीमा पसेर विध्वंश मचाइरहेका कारण त्रासले निदाउनै सकिरहेको छैन्, उसो त भयमुक्त वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको मौलिक हक हो । तर हामीले गाउँलेको मौलिक हक वर्षौदेखि हंनन भइरहदा समेत सरोकारवालाको दृष्टि पुग्दैन’ सप्तरीको सुरुङ्गा नगरपालिका–४ की श्यामादेवी चौधरीको दुखेसो हो यो ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट बस्ती पस्ने गरेको हात्तीको आतंकले त्रसित भएकी उनी भन्छिन्–‘हामी साह्रै समस्यामा छौं, त्रास र भयमा कहिलेसम्म बस्ने सरकार ? हात्ती नियन्त्रण गर्न अव पनि ठोस कदम चालियोस् ।’ केही दिनअघि हात्तीले घर भत्काएदिएपछि पीडित भएकी श्यामादेवी एक प्रतिनिधि पात्र मात्र हुन् ।

पछिल्लो पटक आज (विहिवार) पुनः बस्तीमा पसेका हात्तीले सोही वडाका जीवन चौधरी, देवीलाल चौधरी र वसन्त यादवको घरमा तोडफोड गरेर क्षति पुर्याएको छ । विहान ३/४ बजेतिर वस्तीमा हात्तीले पसेको घरमा तोडफोड गर्दै घरभित्र रहेको अन्नपात खाएको पीडित जीवनले मधेशलाइभलाई जानकारी दिए ।

उनले पटक पटक जङ्गली हात्तीले मानव बस्तीमा पसेर क्षति गर्दै आएकोले आफुहरुको जिविकोपार्जन भयमुक्त बनाउन सवैले पहल गरिदिन आग्रह गरे ।

कोशी टप्पु वन्यजन्तु आरक्षको जङ्गली हात्तीले जिल्लाको सप्तकोसी, कञ्चनरूप, खड्ग, शम्भुनाथ र सुरुङ्गा नगरपालिका तथा रूपनी, तिरहुत, महादेवा र अग्निसाइर कृष्णासवरण गाउँपालिकावासीहरुलाई दुःख दिदै आएको सर्वसाधारणहरु बताउँछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस