राजविराज, २५ मंसिर । ७२ ओैं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा विहिवार सप्तरीकी एक अभियान्ता तथा मानवअधिकारकर्मीले विरामीहरुलाई फलफुल र मास्क वितरण गरेकी छन् ।
दिवसको अवधिभर विभिन्न गतिविधि गर्दै आएकी अभियान्ता तथा मानवअधिकारकर्मी सुनीता साहले १६ औं गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना रहेका विरामी फलफुल र मास्क वितरण गरेकी हुन् ।
अस्पतालमा गाइने र सर्जिकल वार्डमा भर्ना रहेका विरामीलाई दोसल्ला ओढाएर फलफुल र मास्क वितरण गरिएको अभियान्ता साहले बताइन् ।
उनका अनुसार गाइनेमा १२ जना र सर्जिकलमा भर्ना रहेका ३ जना गरी १५ जनालाई दिवसको अवसरमा फलफुल र मास्क वितरण गरिएको छ ।