जाडोमा सख्खर खानुको फाइदै फाइदा

 

सख्खर अर्थात गुँड स्वास्थ्यकालागि अति फाइदाजनक मानिन्छन् । सख्खरमा प्राकृतिक मिठास हुन्छ । जाडो याममा सख्खरको प्रयोग गुणकारी हुन्छ । सख्खरमा प्रोटीन, कोलीन, बीटेन, विटामिन, बी १२, बी ६, फोलेट, क्याल्सियम, आयरन, फस्फोरस, मैग्नीशियम, सेलेनियम, मैंगनिज पाईन्छ ।

सख्खरमा औषधीय गुण भरपूर मात्रामा हुन्छ । अस्थमा र ब्रोंकाइटिसलाई रोक्ने काम गर्दछ । स्वास प्रस्वाससँग जोडिएका धेरै समस्यामा यसको प्रयोग प्रभावकारी मानिन्छ । सख्खरको प्रयोग खासगरी जाडो याममा अति उपयोगी हुने भएकोले हाम्रो संस्कारमा सख्खरबाट बनाईएको तिल, चिउरा, मुरही इत्यादीको सेवन गरिन्छ । यसको सेवनले शरिरमा फाइदा गर्नुका साथै स्वाससँग जोडिएको समस्याहरुको निदान हुन्छ ।

यसैगरी सख्खरको थोरै मात्राको प्रयोगले मोटोपनालाई समेत कम गर्दछ । यसमा पाईने पोटेशियमले इलेक्ट्रोलाइट्सलाई सन्तुलित राख्नुकासाथै वजन घटाउने काम गर्दछ । यसको सेवनले मेटाबोलिज्म बढाएर मांसपेशीलाई मजबूत बनाउँदछ ।

सख्खरमा पाईने पोटेशियम र सोडियमले एसिडको स्तर कायम राख्नुकासाथै ब्लड प्रेसर कन्ट्रोल गर्दछ । जाडो याममा हुने सर्दी खोकीलाई समेत नियन्त्रण गर्नुकासाथै शरिरमा न्यानापना उत्पन्न गर्दछ । सख्खरलाई चिया वा तातो दूधमा मिलाएर खाँदा अति उपयोगी मानिन्छ । जाडो याममा जोर्नी दुख्ने समस्यामा समेत यसको प्रयोग प्रभावकारी मानिन्छ ।

शरिरमा एनिमिया रोक्न यसमा पाईने गुड आइरन र फोलेटले एनिमिया रोक्न मद्दत पुर्याउँछ । यस्तै महिनावारीको समयमा हुने दुखाईलाई काम गर्न सख्खरले मदत पुर्याउँदछ । शरिरमा स्फूर्ती समेत प्रदान गर्दछ ।

Author:



क्याटोगरी छान्‍नुहोस