अज्ञात समूहद्वारा पिकअप भ्यानमा आगजनी

 

राजविराज, २७ मंसिर । सप्तरीको बिष्णुपुर गाउपालिका वडा नम्वर ६ स्थित गोरगमा निवासी बेचन मुखियाको पिकअप भ्यानमा शनिवार विहान अज्ञात व्यक्तिहरुको एक समुहले आगजनी गरेको छ ।

आफ्नै घर अगाडि राखिएको स.१ च १७२५ नम्बरको पिकअप भ्यानमा अज्ञात समूहले आगजनी गरेको हो । विहान करिब १ बजेको समयमा घर अगाडि रोकेर राखिएको अवस्थामा परालमा पेट्रोल छर्केर भ्यानमा आगजनी गरेको पीडित मुखियाले जानकारी दिएका छन् । आगलागीबाट भ्यानको भित्री भाग पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

पिकअपको भ्यानमा भएको आगजनी स्थानियबासिन्दा, प्रहरी तथा राजविराजबाट पुगेको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिईएको स्थानीय पत्रकार शुभनारायण यादवले जानकारी दिएका छन् । मुखिया माछाको व्यापार गरी गुजारा चलाउँदैआएका छन् । पिकअप भ्यानमा ब्यक्तिगत राजनीतिक रिसइबीका कारण आगजनी गरेको हुनसक्ने भएकोले उक्त घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस