खैरो हिरोइनसहित तीन जना पक्राउ

विराटनगर, २ पौष । मोरङको दुई स्थानबाट खैरो हिरोइनसहित तीन जनलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दुई भारतीय नागरिक छन् । भारत बिहारको अररिया जोगबनी–९ का ३२ बर्षीय सुरजेश कुमार राय र सोही स्थानका १३ बर्षीय मो.आशिक मियालाई पक्राउ गरिएको छ ।

बिशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर–१६ स्थित दरैयाबाट दुवै जनालाई बुधबार साँझ नियन्त्रणमा लिएको छ । चेकजाँचको क्रममा उनीहरुसँग ५ ग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी विराटनगर–१७ का २७ बर्षीय लद्दीफुल मियालाई पनि १३ ग्राम खैरो हिरोईनसहित पक्राउ गरिएको छ । बुधबार साँझ विराटनगर–७ शनिमन्दिर एरियाबाट उनलाई पक्राउ गरिएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस