उखु किसान आन्दोलनः सप्तरीका किसान पनि आन्दोलित

राजविराज, २ पौष । उखु किसानहरुले जारी राखेको आन्दोलनप्रति ऐक्येवद्धता जनाउँदै सप्तरीका अगुवा किसानहरुले विहीबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् ।

जनता समाजवादी किसान संघको अगुवाईमा प्रशासन कार्यालय अगाडि अपराह्न १२ बजेदेखि १ बजेसम्म उनीहरुले धर्ना दिएका हुन् ।

उखु किसानहरुको वक्यौता रकम भुक्तानी गर, धानको समर्थन मूल्य लागु गर, किसानलाई समयमा मल, खाद, बीऊ सहुलियत दरमा उपलब्ध गराउनुपर्नेसहितका माग उनीहरुले राखेका छन् ।

किसानहरुको समस्याप्रति सरकारले ध्यान नदिएको तथा उखु किसानहरुको मागलाई सम्वोधन गर्न ढिलाई भईरहेकोले दवाब स्वरुप आफुहरुले धर्ना कार्यक्रमलाई अगाडि बढाएको अगुवा दिपेन्द्र प्रसाद चौधरीले बताए । समस्या समाधानप्रति ध्यान नदिए सशक्त रुपमा कडा आन्दोलन गर्न बाध्य हुने उनले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस