नेपालमा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि, ९४७ जना डिस्चार्ज

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०८ महिला र ४६८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म २ लाख ५१ हजार ६९२ जना कोरोना संक्रमित भएका छन् । यसैगरी, पछिल्लो २४ घण्टामा ९४७ जना कोरोनामुक्त भएको छन् ।

योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ जना पुगेको छ । हाल ९ हजार ५८० सक्रिय संक्रमित छन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४९ पुगेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस