विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो

जनकपुरधाम, ७ पौष । विश्वभर एकै दिन ५ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । वल्र्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ३४ हजार २१९ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस सँगै विश्वभर कोरोना संक्रमित संख्या ७ करोड ७७ लाख १५ लाख ६९ पुगेको छ । जसमध्ये हालसम्म ५ करोड ४५ लाख ९० हजार ८०१ जना निको भइसकेका छन् । हाल विश्वभर २ करोड १४ लाख १५ हजार ३४९ जना कोरोना सक्रिय संक्रमित छन् । जसमध्ये १ लाख ६ हजार २७४ जनाको स्वास्थ्य अवस्था जटिल छ ।

यसैगरी पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ८ हजार ८९९ जनाको मृत्यु भएको छ । यस सँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १७ लाख ८ हजार ९१९ पुगेको वल्र्डोमिटर्सले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस