विश्वभर कोरोना संक्रमणबाट एकै दिन १३ हजारबढीको मृत्यु

जनकपुरधाम, ८ पौष । विश्वभर एकै दिन छ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । वल्र्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा छ लाख ४ हजार ९७३ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस सँगै विश्वभर कोरोना संक्रमित संख्या ७ करोड ८३ लाख ६० हजार ७६८ पुगेको छ । जसमध्ये हालसम्म ५ करोड ५१ लाख २१ हजार ९८२ जना निको भइसकेका छन् । हाल विश्वभर २ करोड १५ लाख १५ हजार १५ जना कोरोना सक्रिय संक्रमित छन् । जसमध्ये १ लाख ६ हजार ३५३ जनाको स्वास्थ्य अवस्था जटिल छ ।

यसैगरी पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट १३ हजार १८० जनाको मृत्यु भएको छ । यस सँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १७ लाख २३ हजार ७७१ पुगेको वल्र्डोमिटर्सले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस