चोरीको मोटरसाईकल सहित चार जना पक्राउ

 

मोरङ, ७ पुस । चोरी भएको मोटरसाईकल सहित चोरीमा संग्लग्न चार जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

बिराटनगर महानगरपालिका वडा नम्वर ४ नोबेल अस्पतालको पार्किङ्ग एरियाबाट पुस ५ गते हराएको को ३९ प २४४२ नम्बरको मोटरसाईकल खोजतलास गर्ने क्रममा पुस ६ गते राती ८ बजे बिराटनगर ४ बुढाथोकी मार्गबाट चोरी भएको मोटरसाईकल सहित चार जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा बिराटनगर ४ का २० बर्षीय बिवेक थान्दार र अमन थान्दार, बुढिगंगा गाउँपालिका २ का २० बर्षीय पुजन थान्दार तथा दुहवी नगरपालिका १० सुनसरीका २० बर्षीय नगेन्द्र चौधरी रहेका छन् ।

निजहरुले चोरी गरी लगेको मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी बुढाथोकी मार्गमा डोरयाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको छ । उक्त सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस