सप्तरीका यी ३६ बेसहाराले पाए अभिभावक ! (भिडिओसहित)

राजविराज, १२ पौष । शारिरीक र मानसिक रुपमा अस्वस्थ भएर बेसहारा बन्न पुगेका सप्तरीका ३६ जनालाई औषधोपचार र पालनपोषणका लागि एक संस्थाको जिम्मा लगाइएको छ । अभियानताहरुसँगको समन्वयमा राजविराज नगरपालिकाले आइतवार मानवसेवा आश्रम नामक संस्थालाई उनीहरुको जिम्मा लगाएको हो ।

शारिरीक र मानसिक रुपमा अस्वस्थ रहेकै कारण अभिभावक विहीन हुँदा उनीहरु वर्षौदेखि खुला आकाशमुनी रात बिताउन बाध्य थिए । उनीहरुको दिर्घकालिन रुपमा संरक्षण गर्न सो संस्थाको जिम्मा लगाइएको राजविराज नगरपालिकाकी उप प्रमुख साधना झाले बताइन् ।

सडकआश्रित मानवहरु रहित राष्ट्र निर्माण गर्ने लक्ष्य लिएर मानवसेवामा लागेको संस्थाले उनीहरुको औषधोपचारसँगै जिविकोपार्जन सम्वन्धित तालिमकासाथै परिवारसँग पुनर्मिलन गराउने उद्देश्य बोकेर अघि बढेको संस्थाका संस्थापक रामजी अधिकारीले जानकारी दिए ।

उनका अनुसार ७ वटै प्रदेशमा २२ वटा सेवा केन्द्र छ । २०६९ सालमा स्थापना भएको मानवसेवा आश्रमले हालसम्म ५ हजारभन्दा बढी बेसहाराहरुलाई उद्दार गरिसकेको छ भने हाल पनि १३ सय व्यक्ति सेवा केन्द्रहरुमा रहेको संस्थाका संस्थापक अधिकारीले बताए ।

अभिभावक विहीन व्यक्तिहरु:

-राजविराज–७ की ६० वर्षीया कैली राम
-राजविराज–७ की ६५ वर्षीया भुलु राम
-राजविराज–७ का ४५ वर्षीय मिक्काहरु (विटकट कुटु)
-राजविराज–७ का ४० वर्षीय पुरुष
-राजविराज–२ का ६५ वर्षीय बाबुलाल दास
-राजविराज–४ की २३ वर्षीया पुनम कुमारी शर्मा
-राजविराज–६ की २३ वर्षीया सुकुम कुमारी
-राजविराज नगरपालिकाकी ४० वर्षीया महिला
-राजविराज–७ की ६० वर्षीया श्रीमति सर्की देवी
-राजविराज नगरपालिकाकी ६५ वर्षीया शुभद्धा झा
-राजविराज नगरपालिकाका ३६ वर्षीया अशोक साह (मुखिया)
-राजविराज–६ का १३ वर्षीय अनकल मेसतर
-राजविराज–८ का ३६ वर्षीय भरत साह
-राजविराज–७ का ३० वर्षीय भलियाको बेटी
-शम्भुनाथ नगरपालिका–१ खोकसरका २१ वर्षीय नविनकुमार चौधरी
-राजविराजका १८ वर्षीय अखण्ड कालु
-राजविराजका २४ वर्षीय मनोज मानव
-विहार कृष्ण नगरका ३० वर्षीय विटु राय
-सप्तकोशी नगरपालिका–४ का २९ वर्षीय नारायण झा
-सप्तकोशी–१ बजार क्षेत्रका २६ वर्षीय गोविन्द मानव
-राजविराज–१५ दउरी भरुवाका ३० वर्षीय रामवृश यादव
-राजविराज नगरपालिकाका मनोज यादव
-राजविराजका ५३ वर्षीय सुदामा भाउ
-राजविराज–२ राजदेवीका ३५ वर्षीय मनोजलोहार शर्मा
-राजविराज–७ का ३५ वर्षीय सुवास सिंह बोस
-राजविराज–१४ का ३४ वर्षीय किशान खान
-अन्य १० जना

Author:



क्याटोगरी छान्‍नुहोस