सप्तरीः मिलको फित्तामा कपाल बेरिएपछि घटनास्थलमै युवतीले ज्यान गुमाए

राजविराज, १३ पौष । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा मिलको फित्तामा कपाल बेरिएर एक १७ वर्षीया युवतीको मृत्यु भएको छ ।

आफैंले चलाएको कुटानी पिसानीको मिलमा रहेको फित्तामा कपाल वेरिएर आइतवार वडा नम्वर ६ रतवालाका राजदेव पण्डितकी छोरी नोनिया पण्डितको मृत्यु भएको हो । घटनास्थलमै नोनियाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

शव शल्यक्रिया (पोष्टमार्टम)को लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस