सुनको मुल्य बढ्यो, आज यसरी भइरहेको छ कारोबार ?

जनकपुरधाम, १३ पौष । नेपाली बजारमा सोमवार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ९ सय पुगेको छ । यसअघि आइतवार ९४ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी तेजाबी सुन पनि प्रतितोला ७ सयले बढेको छ । तेजावी सुन ९४ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

त्यसैगरी चाँदीमा सोमवार प्रतितोला १ हजार ३१५ मा कारोवार भइरहेको छ । चाँदी आइतबार १ हजार २८० रुपैयाँमा कारोवार भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस