राजविराज, २६ पुष । प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्रालयले स्वयमसेवकमा सूचिकृत हुन दरखास्त आव्हान गरेको छ ।
प्रदेश स्वयमसेवक सेवा अन्तर्गत प्रदेश २ मा स्व्यमसेवकको रुपमा कामकाज गर्न चाहने व्यक्तिहरुलाई विभिन्न पदकालागि मन्त्रालयले शुक्रवार सुचना जारी गर्दै दरखास्त आव्हान गरेको छ । प्रदेश स्वयमसेवक परिचालन निर्देशक समितिको २०७७/०९/१३ गतेका निर्णय अनुसार आव्हान गरिएको सुचनाको अन्तिम मिति माघ ९ गतेसम्म रहेको जनाइएको छ । जनस्वास्थ्य, सामुदायिक शिक्षा, कृषि विकास, पशु सेवा, सार्वजनिक निर्माण लगायतका विषय र समूहकालागि दरखास्त आव्हान गरिएको सुचनामा उल्लेख छ ।