अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क सहायक सामग्री

राजविराज, २६ पुस । सप्तरीको कञ्चनरुप नगरपालिका सामाजिक विकास शाखा महिला तथा बालबालिका उपशाखा कञ्चनपुरले अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क सहायक सामग्रीहरु वितरण गरेको छ ।

राष्ट्रिय अपाङ्ग पुनरस्थापना समाज अनामनगर काठमाण्डौको सहयोग र चन्द्रकिशोर कल्याणको समन्वयमा शनिवार नगरपालिकाले करिब १५ लाख रुपैयाँ बराबरको सामग्री वितरण गरेको हो । ट्राई साइकल १० थान, विभिन्न प्रकारका ह्वील चेयर १९ थान, वैशाखी १० जोडी, सेतो छडी ५ थान, वाकर २ थान, एलबो वैशाखी ५ थान गरी ५१ ज्ना अपाङ्गता भएका व्यक्तिहरुलाई उपलब्ध गराईएको आयोजक संस्थाले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस