इन्सेक प्रदेश २ कार्यालयद्वारा निबन्ध प्रतियोगिता

 

राजविराज, २६ पुस । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामको आयोजनामा आइतवार राजविराजमा बालअधिकार चेतना समूहको कार्ययोजना अनुसार निबन्ध प्रतियोगिता सम्पन्न भएको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी परियोजना अन्तर्गत विद्यार्थीहरूकै कार्ययोजना अनुसार सञ्चालन गरिएको निबन्ध प्रतियोगितामा पब्लिक विन्देश्वरी माध्यमिक बिद्यालय राजविराजका २१ जना विद्यार्थीहरूले भाग लिएका छन् । “स्वास्थ्य नै धन हो” विषयक निबन्ध लेखन प्रतियोगितामा कक्षा ९ का प्रदिपकुमार खंग प्रथम, अम्बिका झा द्वितिय, आशुतोष यादव तृतिय र कञ्चन कुमारी यादव सान्तवना पुरस्कारबाट पुरस्कृत भएका छन् ।

प्रतियोगिताको निर्णायकको भूमिका सोही विद्यालयका शिक्षक गिरीराज पौडेल, साहित्यकार एवम् इन्सेक प्रतिनिधी मनोहर पोखरेल र मानवअधिकार निगरानी समूहका अध्यक्ष रघुवर साहले गरे । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले पैसा वा सम्पति भए पनि स्वास्थ्य ठिक नभए काम नलाग्नेमा जोड दिए ।

अभावमा सुखी रहन सकिने तर अस्वस्थ भए सुखी रहन नसकिने उल्लेख गरेका सहभागीहरुले राम्रो स्वास्थ्यको लागि नियमित र सुनियोजित जीवनशैली राख्न आवश्यक रहेको बताए । प्रतियोगिताका पुरस्कृत छात्रछात्राहरूलाई मानवअधिकार निगरानी समूहका अध्यक्ष साह, इन्सेक प्रतिनिधी पोखरेल, शिक्षक पौडेल, निगरानी समूहकी राधा अर्यालले पुरस्कार वितरण गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस