चिसोले तराई मधेश सहित देशैभरिको जनजिवन कष्टकर

 

राजविराज, २ माघ । विगत केही दिनयताको बढ्दो चिसोका कारण तराई मधेशका जिल्लाहरुको जनजीवन अति प्रभावित भएको छ ।

बाक्लो कुहिरो तथा सामान्य हावाको वहावसँगै चार पाँच दिनदेखि चिसो बढ्न गई सर्वसाधारणको जनजीवन कष्टकर बन्न पुगेको हो । दिनभरी हुस्सु कुहिरो लाग्ने गरेकोले बजार तथा सडकहरुमा सर्वसाधारणको चहल–पहल घटेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाको शुक्रवार विहान ६ बजेको बुलेटिन अनुसार हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदलिरहेको छ । तराईका भू–भागमा बाक्लो हुस्सु कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्राप्त जानकारी अनुसार प्रदेश नम्वर १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नम्वर १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

राती प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलिरहेने, देशका अन्य भूभागहरुमा आंशिक बदली रहने जनाएको छ । गण्डकी प्रदेशका उच्च हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नम्वर १ को एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।

शनिवार दिउँसो प्रदेश नम्वर १ मा आंशिकदेखि सामान्य बदलिरहने छ भने प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनुकासाथै र बाँकी प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ । प्रदेश नम्वर १ मा हल्का बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु् र कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तस्विरः नेपाल खोज

Author:



क्याटोगरी छान्‍नुहोस