संविधान र लोकतन्त्रमाथि खतरा बढेको छ : नेता चौधरी

राजविराज । नेपाली काँग्रेसका नेता तेजुलाल चौधरीले संविधानको मर्म विपरित गरिएको प्रतिनिधिसभा विघटनको विरोध गर्न सवैमा अपिल गरेका छन् । सप्तरीको सुरुङ्गा नगरपालिकास्थित कुशहा खेल मैदानमा विहिवार आयोजना गरिएको माघी महोत्सवमा बोल्दै उनले यस्तो अपिल गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको सो कार्यले संविधानको अस्तित्व खतरामा परेको उनको भनाई छ । ‘संविधानको मर्म विपरित गएर प्रतिनिधिसभा विघटन भएको हो, यो कार्यले संविधान र लोकतन्त्रमाथि खतरा बढ्न गएको छ’ कार्यक्रमका प्रमुख अतिथी रहेका चौधरीले भने–‘संविधान र लोकतन्त्र बचाउनका लागि पनि सवैलाई यसको विरोध गर्नुपर्छ, लोकतन्त्र कायम रहे मात्रै जनजाति–आदीवासी, दलित, मुस्लिम लगायत पछाडी पारिएका समुदायको हक अधिकार सुनिश्चित हुन्छ ।’

थाकसका सभापति शिवनारायण थारुको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य गोविन्द न्यौपाने, सुरुङ्गा नगरपालिकाका मेयर मुक्तीनाथ चौधरी, उपमेयर विन्दा पासवान, मविव राजविराजका प्रध्यापक महेश चौधरी लगायतले धर्म संस्कृति जोगाउन सवैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस