७५३ वटै स्थानीय तहको विरोध प्रदर्शनमा सहभागी हुन सभापति देउवाको अपिल

जनकपुरधाम, २ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिवार हुन लागेको प्रदर्शनमा सहभागी सवैमा बन्न अपिल गरेका छन् । शुक्रवार विज्ञप्ति जारी गर्दै उनले संसद विघटनको असंवैधानिक कदम विरुद्ध ७५३ वटै स्थानीय तहमा निर्धारण गरिएको विरोध प्रदर्शनमा सहभागी बन्न सवैमा अपिल गरेका हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको नेकपा सरकारको सिफरिशमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध पार्टीले देशव्यापी प्रदर्शन गरिरहेको छ । भोली माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागीता साथ प्रभावकारी रुपले सफल बनाउन म सवैमा हार्दिक अपिल गर्दछु ।’ विज्ञप्तिमा छ ।

उनले विरोध प्रदर्शनमा सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न पनि आग्रह गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस