तराईमा चिसोको कहर, सप्तकोशी नगरपालिकामा विद्यालय बन्द

राजविराज, २ माघ । बढ्दो शितलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि सप्तरीको सप्तकोशी नगरपालिकाका विद्यालयहरु बन्द गरिएको छ । नगरपालिकाको बोर्ड बैठकबाट निर्णय गरेर एक साताका लागि विद्यालयहरु बन्द गरिएको हो ।

चिसोले बालबालिका बढी प्रभावित भइरहेकोले स्वास्थ्यको ख्याल गरी माघ ६ गतेसम्म नगर क्षेत्रभित्र पर्ने ११ सरकारी र १६ वटा निजी विद्यालय बन्द गरिएको उप मेयर आशा चौधरीले जानकारी दिएकी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस