अमात समाज कल्याण सप्तरी युवा समिति संयोजकमा राम कुमार, सदस्य सचिवमा रवी

राजविराज, २ माघ । नेपाल अमात समाज कल्याण समिति सप्तरी युवा तदर्थ समितिमा रामकुमार राय चयन भएका छन् । नेपाल अमात समाज कल्याण समिति सप्तरीको विष्णुपुर गाउँपालिका–६ स्थित सम्पन्न भेलाले युवा तदर्थ समिति गठन भएको हो ।

गठित समितिको सह–संयोजकहरुमा माधव राय र अर्जुन मण्डल तथा सदस्य सचिवमा रवी राय सर्वसम्मतले चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा हरि किशुन राय, चन्दन राय, दिपक राय लगायत ३५ सदस्यीय चयन भएको जनाएको छ ।

नेपाल अमात समाज कल्याण समिति सप्तरीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष एवं छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सुर्य नारायण मण्डलको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा अमात जाति उत्थान र विकासका लागि योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मानित समेत गरिएको छ । स्व.हरि प्रसाद राय, स्व.धर्म नारायण राय लगायत २१ जना व्यक्तिहरुका पारिवारलाई सम्मान गरिएको जनाएको छ ।

लक्ष्मी प्रसाद रायले स्वागत मन्तव्य दिएको कार्यक्रमको संचालन रवि रायले गरेका थिए भने अनिल मण्डलले विषयवस्तुबारे स्पष्ट गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस