विश्वभर नौ करोड ४३ लाखभन्दा बढी कोरोना संक्रमित

जनकपुरधाम । विश्वभर पछिल्लो २४ घण्टामा ७ लाख ५७ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

वल्र्डोमिटर्सका अनुसार ७ लाख ५७ हजार ९५८ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ४३ लाख ९ हजार ७३२ पुगेको छ ।

संक्रमितमध्ये ६ करोड ७३ लाख ४१ हजार ५४८ जना निको भएका छन् । हाल २ करोड ४९ लाख ५० हजार ३८६ सक्रिय संक्रिमत छन । जसमध्ये १ लाख ११ हजार ४८१ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १४ हजार ७५४ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाख १७ हजार ७९८ नाघेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस