मिडिया सुरक्षित भए मात्र संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत हुनेः मुख्यमन्त्री राउत

 

राजविराज, ४ माघ । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले सञ्चार क्षेत्रको विकास विना देशमा सुशासन र समृद्धिको कल्पना समेत गर्न नसकिने बताएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ५ स्थि तबनरझुलामा आयोजित नेपाल पत्रकार महासंघ शाखा सप्तरीको दशौ साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । हरेक राजनीतिक परिवर्तनहरुमा पत्रकारहरुले निभाएको भूमिका सराहनीय रहेको भन्दै संसद विघटन गरी देशमा अराजक अवस्था आउने स्थितिमा पत्रकारहरुले थप सशक्त रुपमा कलम चलाउनुपर्नेमा मुख्यमन्त्री राउतले जोड दिए । मिडियाको स्थान सुरक्षित भएमात्र संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत हुने र जनताले सुशासनको अनुभूति गर्ने उनले बताए । ‘यो संविधानले सरकार गठन गर्नसक्ने अवस्था रहेमा पाँच वर्षसम्म प्रतिनीधिसभा विघटन गर्न नसकिने प्रावधान रहेको मुख्यमन्त्री राउतको भनाई थियो ।

‘अधिकार प्राप्तिको आन्दोलन होस वा देशलाई संकट पर्दा पत्रकारले गरेको योगदान महत्वपूर्ण रहेको छ’ मुख्यमन्त्री राउतले भने ‘सञ्चार क्षेत्रको बिकास विना देशमा सुशासन र समृद्धिको कल्पना समेत गर्न सकिदैन ।’ प्रदेश सरकारले सञ्चार क्षेत्रको विकासकालागि छिट्टै सञ्चार प्रधिकरण र मिडिया काउन्सिल गठन गर्न लागेको बताए ।
प्रदेश सरकार सञ्चार क्षेत्र र पत्रकारहरुको समस्याप्रति गम्भीर रहेको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री राउतले सञ्चार क्षेत्रको बिकास र पत्रकारहरुको तमाम समस्य समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । मुख्यमन्त्री राउतले बर्तमान देशको अस्थिर अबस्थामा पत्रकारहरुले थप जिम्मेवारी बढेको भन्दै संघीय सरकारले निम्त्याएको जटिल अबस्थालाई सहि दिशामा ल्याउन अझ सशक्त रुपमा पत्रकारहरुलाई भुमिका निर्वाह गर्न आग्रह गरे ।

मुख्यमन्त्री राउतले संबिधानको बर्खिलाप गर्दै प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधि सभा विघटन गरेको भन्दै आक्रोश व्यक्त गरे । संबिधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलिले देशलाई प्रतिगमनतर्फ लगेको भन्दै ओलि सरकारको तानाशाही संबैधानिक कु विरुद्ध पत्रकारहरुले खबरदारी गर्नुपर्नेमा जोड दिए ।

सामाजिक बिकास मन्त्री नवल किशोर साहले देशमा परिबर्तन ल्याउन पत्रकारको ठूलो योगदान रहेको बताए । भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले देशको विकास र राजनीति परिवर्तनमा सप्तरीको पत्रकारहरुको भुमिका अविश्वसनीय रहेको बताए । नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित साधारणसभामा राष्ट्रिय सभा सदस्य शेखर सिंह, प्रदेश सभा सदस्य मनिस सुमन, जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश कुमार झा, प्रदेस महासंघका प्रदेश सचिव रामनारायण विश्वास, कञ्चनरुप नगरपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, तिरहुत गाउँपालिकाका अध्यक्ष मनोज कुमार यादव बहडखेर, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, नेकपाका केन्द्रीय सदस्य सुखराम यादव,निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झा, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादब, प्रेस यनियनका जिल्ला अध्यक्ष श्रवण देव, मैथिली साहित्य परिषदका अध्यक्ष सतिसकुमार दत्त सहितका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरे ।

सोही अवसरमा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष शिवहरि प्रसाद भट्टराई, विष्णु कुमार मण्डल, वैद्यनाथ झा, मुरली प्रसाद यादव, शम्भु झा, व्यासशंकर उपाध्याय, प्रकाश खतिवडा लगायतलाई सम्मान गरिएको छ । यसैगरी साहित्यकार नन्दलाल आचार्य, जिल्ला समन्य समिति सप्तरीका नायव सुब्बा गंगाराम साह, गोल्डेन हस्पिटल प्रा.लि.का अध्यक्ष सनातन मण्डललाई सम्मान गरिएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष श्यामसुन्दर यादव स्वागत मन्तव्य तथा सञ्चालन सचिव जितेन्द्रकुमार झाले गरे । स्थानीय व्वस्थापनमा तिलाठी कोइलाडी गाउँपालिकाको सहयोग रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780