सुनसरी, ४ माघ । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा शनिवार राती भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
शनिवार राती सवा ७ बजेको समयमा सुसनरीको ईटहरी उपमहानगरपालिका २ आँपगाछीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
धरानबाट ईटहरी तर्फ आउँदै गरेको को १ ख ५५२७ नम्बरको ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको को ३२ प ६७१६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालक धरान १० का ३० बर्षीय बिक्रम चेम्जोङको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बेलुका सवा ८ बजे मृत्यु भएको हो ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका १ रानीखोलामा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलको पछाडि सवार रहेका कानेपोखरी गाउँपालिका १ का २६ बर्षीय सनम याख्खाको मृत्यु भएको छ । चतराबाट बराहक्षेत्र तर्फ जाँदै गरेको प्रदेश १ ०२(०४१ प ४९७१ नंम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका याख्खाको बिराट नर्सिङहोममा उपचारको क्रममा राती सवा १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय चतराले जनाएको छ । दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।