प्रतिगमनकानिम्ति सबैतिर सेटिङ भइरहेको छ : डा.बाबुराम भट्टराई

जनकपुर । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले मिडिया सेटिङ सबैभन्दा खतरनाक हुने बताएका छन् ।

प्रतिगमनकानिम्ति मुलुकमा सबैतिर सेटिङ भइरहेको दाबी गर्दै उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो बताएका हुन् ।

‘प्रतिगमननिम्ति सबैतिर सेटिङ भैरहेको वेला मिडियाको सेटिङ सबभन्दा खतरनाक हुनसक्छ’ उनले लेखेका छन्–‘गणतन्त्र,संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र इ.हाम्रो संविधानका आधारतत्व र तिनका प्रमुख वाहक जनयुद्ध, मधेस विद्रोह, थारू विद्रोह, जनजाति आन्दोलनलाई सत्तोसराप गर्ने र ‘टिआरसी’ पूरा हुन नदिनेको हुन चिनौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस