सर्वोच्च शिखर माउण्ट एभरेस्ट अर्थात चोमोलुंगमा

रुद्र प्रसाद चुडाल
भारतका चर्चित पत्रकार सुधीर चौधरीले माउण्ट एभरेस्टलाई माउण्ट सिक्दर नामकरण गरौं भनि आफ्ना तर्क राखे । उनले हिन्दीमा प्रसारण गरेको कार्यक्रम नबुझेर हो वा अरु नै पूर्वाग्रहले हो नेपाली सामाजिक सञ्जालमा देखिएको प्रतिक्रियाले मलाई पनि केही कुरा भन्न मन लाग्यो ।

म बसोबास गरिरहेको अस्ट्रियालाई जर्मनभाषीहरू सबैले ओस्टरराइख भन्ने गर्छन् । अंग्रेजÞी बोलेको बेला अंग्रेजÞी बुझ्नेहरूले मात्र अस्ट्रिया भन्ने शब्द बुझ्छन् । नत्र अस्ट्रिया भन्ने शब्द बुझ्न गाह्रो मान्छन् । यहि अस्ट्रियालाई यूरोपका अरू देशहरूले आफÞ्नो भाषा अनुसार फÞरक फÞरक नामले पुकारने गर्छन् । जस्तो फ्रेन्चहरूले लौट्रिश र स्विडिसहरूले ओस्तरिक्के भन्दा रहेछन् ।

जर्मनभाषीहरूले कतिपय देशहरूलाई पनि फरक नामाकरण गरेका छन् । कम्बोडियालाई कंबोत्सा, चीनलाई किना र मंगोलियालाई मंगोलाई भन्ने नामाकरण गरेका छन् । नामाकरण मात्र होईन लिंग पनि फÞरक फÞरक छुट्याएका छन् । चीन पुलिंग र मंगोलिया स्त्रीलिंगमा पर्छन् । चीन ठूलो छ तर मंगोलिया सानी छे भनेर बोल्नु लेख्नु पर्छ ।

धन्य नेपाललाई चाहीं नाम बिगारेका छैनन् । इण्डियालाई चाहीं इण्डियन भन्छन् र इण्डियनलाई चाहीं फेरि इंडेर भन्छन् । अस्ट्रियाको राजधानी भियनालाई यहाँ वीन भन्ने गरिन्छ । बोल्दा जस्तो उच्चारण गरेपनि हिन्दीमा आस्ट्रीया वीयना लेखिन्छ भने नेपालीमा अष्ट्रिया र भियना लेख्ने गर्छौं । यसरी के देखिन्छ भने भाषाले आफ्नो सजिलो जे हुन्छ त्यहि अनुसारको नाम राख्छ ।

वास्तवमा भाषाले राष्ट्रवाद जन्माउने भएकोले नै जर्मनहरू संसारकै ठूला राष्ट्रवादी मानिन्छन् र हिटलर बदनाम पनि भए । केही अघि एक रेष्टुरेन्टमा परिचित एकजना बुढ़ाले “ओहो चोमोलुंगमाबाट आएको मानिस” भनेर मलाई सम्मानित नजरमा राखे । विश्वको अग्लो ठाउँको मानिस भनेर खुशी व्यक्त गरे । मैले माउण्ट एभरेष्ट भनेको उनलाई पचेन । “ त्यो त अंग्रेजहरूले राखेको नाम होईन र ? तिम्रो देशमा के भन्छन्। चोमोलुंगमा होईन र ? “ मैले भने हामी सगरमाथा भन्छौं । उनले तुरन्त प्रश्न गरे । चोमोलुंगमा कसले भन्छ त ? चोमोलुंगमा नेपालमा होईन र ?  हो, नेपालमा नै हो तर चोमोलुंगमा चाहीं स्थानीय शेर्पा भाषामा भन्ने गर्छन् । मैले सम्झाएँ तर उनी एक भाषा एक देशको मनोविज्ञानका मानिसलाई मेरो कुरा बुझ्न कठिन भयो । उनले विद्यालयमा सानो छँदा झोमोलोंगमा भनेर पढ़ेका रहेछन् । नेपाल गएका भने रहेनछन् । फेरिफेरि भेट हुँदा मैले सिकाएको सगरमाथा र मेरो नाम उनले समझन पनि चाहेनन् र मलाई झोमोलुंगमा नै भनेर बोलाउने गर्छन् ।

अब अहिले मलाई के डर छ भने हामीले सगरमाथा भन्ने अडान राखिरहने हो भने चीनले कब्जा गर्ने खतरा बढ्यो । किन भने शेर्पा भाषामा मात्र होईन तिब्बती भाषामा पनि चोमोलुंगमा नै भन्ने गर्छन् । त्यसकारण २०१२ सालमा बाबुराम आचार्यले नामाकरण गरेको सगरमाथा होईन संसारले पहिल्यै पढ़ेको र स्थानीय शेर्पाहरूको नाम चोमोलुंगमा नै भनौं र सर्वोच्च शिखरको हाम्रो दावा कायम राखौं ।

Author:



क्याटोगरी छान्‍नुहोस