राजविराजतर्फ आउँदै गरेको माइक्रो दुर्घटना हुँदा ३ को मृत्यु, ८ जना घाइते

राजविराज, ६ माघ । विराटनगरबाट राजविराज आउँदै गरेको माइक्रो आज दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

दुहवी नगरपालिका–१० सिमरियास्थित प्रदेश १–०२–११० ज ३८६८ नम्वरको माइक्रोले विपरित दिशाबाट आउँदै गरेको को३४प ४६९४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँँदा दुर्घटना भएको हो । ठक्कर पश्चात माइक्रो सडक किनारमा पल्टेको प्रत्येक्षदर्शीहरु बताउँछन् ।

दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा मृत्यु भएको स्थायी ट्राफिक कार्यालयका ईन्चार्ज गोपाल श्रेष्ठले बताए । उनका अनुसार सप्तरीको राजविराज–१ का २२ वर्षीय शंकर यादव, सुनसरीको ईनरुवा–३ का ४४ वर्षीय बिर्ख मण्डलको मृत्यु भएको छ भने अन्य एक जना मृतक पहिचान खुल्न सकेको छैन् ।

दुर्घटनामा विराटनगरका ५२ वर्षीय जय नारायण यादव, सप्तरीको मन्सापुरका ६० वर्षीया ईन्द्रमला देवी, राजविराज–७ का १४ वर्षीय निरज यादव, ३८ वर्षीय सुरेश मण्डल घाइते भएका छन् ।

यसैगरी सुनसरीको ईनरुवा–८ गणेशपुरका ५२ वर्षीय चन्द्र मेहता, भोक्राहाका १९ वर्षीय प्रशान्त यादव, प्रकाशपुरका २३ वर्षीय भरत यादव घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि विराटनगरस्थित विराट नर्सिङ होम पठाइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस