मेरिल्याण्ड कलेजको बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते

विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजको बस दुर्घटनामा परेको छ । सुनवर्षी नगरपालिकाबाट विद्यार्थी बोकेर कलेज जाँदै गरेको बस दुर्घटनामा परेर पाँच जना विद्यार्थी घाइते भएका छन् ।

सुनवर्षी–९ भेडुवाथानस्थित बा २ ख ४५८ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा रतुवामाई नगरपालिका–३ की १६ वर्षीया श्रद्धा भट्टराई, १७ वर्षीया रेजिना घिमिरे, मनिषा राजवंशी, विशालकुमार मण्डल र निशा ताजपुरीया घाइते भएका छन् ।

उनीहरुसँग अवस्था समान्य रहेको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए । उनका अनुसार बाक्लो हुस्सुका कारण दुर्घटना भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस