सप्तरीमा फेरि सडक दुर्घटनामा परेर एककाे मृत्यु, चार जना घाइते

राजविराज, ८ माघ । सप्तरीमा फेरि विहिवारै सडक दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । साँझ करिव ५ वजे कन्चनरूप नगरपालिका-११ ठेलीया टोल नहरस्थित भित्री सडकमा ट्याक्टर पल्टिएर दुर्घटनामा भएको हाे ।

उत्तर तर्फ जादै गरेकाे प्र.०२ -०१००१ त ००३२ नम्वरको ट्याक्टर अनियन्त्रत पल्टिदा ट्याक्टरमा सवार कंचनरुप नगरपालिका ११ का १८ वर्षिय राम असिष रामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले बताए ।

दुर्घटनामा कंचनरुप नगरपालिका ११ का १६ वर्षिय कृष्ण साह, १७ वर्षिय विशाल राम, १७ वर्षिय सुनिल कुमार राम र अग्निसाईर कृष्णसावरण गाउँपालिका २ मटिगढाका २१ वर्षिय मदन साह घाइते भएका छन् । चारै जनालाई उपचारार्थ युनिक अस्पताल रुपनीमा भर्ना गरिएको जनाएको छ । यसअघि पनि विहिवारै विहान सडक दुर्घटनामा परेर सप्तरीमा दुई जनाकाे मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस