गीतकार अशोक दत्तको गीत सङ्ग्रह राग–तान विमोचन

जनकपुरधाम, ८ माघ । चर्चित गीतकार अशोक दत्तद्वारा लिखित मैथिली गीत सङ्ग्रह राग–तानको विमोचन विहीबार एक समारोहका बीच गरिएको छ ।

जनकपुरधाम उप–महानगरपालिकाले आयोजना गरेको समारोहमा उक्त सङ्ग्रहको विमोचन गरिएको हो । नगर प्रमुख लालकशोर साहको अध्यक्षता तथा नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाको प्रमुख आतिथ्यमा पुस्तकको विमोचन गरिएको छ । सङ्ग्रह राग–तानको प्रकाशन जनकपुरधाम उप–महानगरपालिकाले गरेको छ ।

कार्यक्रममा उप–प्रमुख रीता मिश्र, वरिष्ठ पत्रकार राजेश्वर नेपाली, साहित्यकार रोशन जनकपुरी, चर्चित गायक सुनिल मल्लिक, पत्रकार श्यामसुन्दर शशी लगायतका वक्ताहरुले सम्वोधन गरे । सोही कार्यक्रममा गीतकार दत्तको शब्द तथा सुनिता साहको स्वर रहेको ‘धरा गर्भसँ जनमि जानकी…’ बोलको गीतको लोकार्पण गरिएको छ ।
उक्त कार्यक्रममा गायक, गायिका, कवि, कवयित्री, पत्रकार, कर्मचारी सहित विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस