भारतमा काेराेनाबाट १ लाख ५३ हजारभन्दा बढी मृत्यु

जनकपुरधाम। भारतमा कोरोना भाइरस (काेभिड-१९) संक्रमणका कारण थप १४७ जनाकाे मृत्युु भएको छ । पछिल्लो २४ घण्टामा १४७ मृतक थपिएसँगै मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ ।

वल्डाेमिटर्सका अनुसार भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार ५३ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ थप १३ हजार ७०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख २५ हजार ४२० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २ लाख ८१ हजार ३९१ जना संक्रमणमुक्त भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस