जनमत पार्टीको प्रशिक्षणः प्रलोभनमा अमूल्य मत बेच्नु दुर्भाग्पूर्णः डा. राउत

कमल कुमार मण्डल
राजविराज, २२ माघ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सि. के. राउतले चुनावका समयमा जनताले अमूल्य मत एक हजार रुपैयाँमा बेच्नु मधेशकालागि दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १६ स्थित नरेन्द्र मेमोरियल माध्यमिक विद्यालय बोरियाको प्राङ्गणमा आयोजना गरिएको नेतृत्वकर्ताः कार्यकर्ता प्रशिक्षण एवम् भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । जनताले प्रलोभनमा परेर आफ्ना बच्चाको भविष्यलाई बेच्दै आएको बताउदै प्रमुख आतिथि अध्यक्ष डा. राउतले भने– जनताले आफ्ना अमूल्य मतलाई प्रलोभनमा परेर बेच्नु मधेशकालागि दुर्भाग्यपूर्ण हो, जसले जनताको हितमा काम गर्ने जनप्रतिनिधि चुनिन पाउँदैन, सामन्ती प्रवृतिका व्यक्तिहरु चुनिएर आएपछि जनताको आकाङ्क्षा पुरा होला भन्ने सोच्नु नै व्यर्थ हो ।

जनमत पार्टीको प्रमुख लक्ष्य रोजगारी रहेको बताउँदै दुबइ, कतार जस्ता मरुभुमी देशमा हाम्रा समुदायका दशौं लाख मानिस रोजगारीकालागी विदेशिएको भन्दै चिन्ता व्यक्त गरे । कार्यकर्तालाई प्रशिक्षण दिदैँ डा. राउतले भने– भिजनरी नेतृत्वकर्ता, भिजनरी सत्ता नभएकोले हाम्रा स्वर्ग जस्तो मधेश भुमीलाई यहाँका नेतृत्वकर्ताले नष्ट गरिदिएको छ र यो क्रम अझैं रोकिएको छैन ।

जनमत पार्टी जिल्ला कार्य समिति सप्तरीले बुधवार आयोजना गरिएको कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खान, गैर आवासीय मधेशी संघ अमेरिकाका अध्यक्ष इन्द्रजित यादवलगायतले प्रशिक्षण दिएका छन् । जनमत पार्टीका केन्द्रीय सदस्य तथा सप्तरीका पुर्व इन्चार्ज सुरेन्द्र मधेशीको अध्यक्षतामा आयोजित कार्यक्रममा महिला जनमत संघ सप्तरीकी नेतृ सुशीला यादवले स्वागत मन्तव्य व्यक्त गरे । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब १ सय ५० जना भन्दा बढी जनमत पार्टीमा प्रवेश गरेको सञ्जय मधेशीले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस