बन्दले जनजीवन प्रभावितः सडक तथा कार्यालयहरु सुनसान

 

राजविराज, २२ माघ । नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको बन्दका कारण विहीबार सप्तरीसहित मधेशका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ ।

आन्दोलनरत पक्षले विहानैदेखि जिल्ला स्थित बजार तथा मुख्य सडकहरुमा नाराबाजी गर्दै बन्द सफल पार्न आह्वान गरिरहेका छन् । बन्द आह्वानकर्ताहरुले मुख्य सडक तथा बजारहरुमा टायर बालेर विरोध प्रदर्शनलाई जारी राखेका छन् ।

जिल्लाको मुख्यालयहरुबाट लामो तथा छोटो दुरीका सार्वजनिक यातायातहरु सञ्चालन हुन सकेको छैन । आंशिक रुपमा निजी सवारी साधनहरु मत्र छिटफुट रुपमा चलेका छन् । पूर्व–पश्चिम लोकमार्ग समेत सवारी साधन चलेको छैन । छिटफुट रुपमा आएका सवारी साधनहरुलाई प्रहरीले स्कर्टिङ्ग गरेर गन्तव्यतर्फ पठाउने कार्यमा सक्रियता देखाएका छन् ।

यता सरकारी कार्यालयहरु खुले पनि छिटफुट तथा कतिपय कार्यालयहरु खुल्ला रहे पनि सुनसान देखिएका छन् । बजारहरुमा भने बन्दको प्रभाव सामान्य देखिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस