ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

विराटनगर । मोरङको सुनवषी–४ स्थित ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति को १ त ३६७० नम्वरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा सोही ठाउँका २३ बर्षीय मिथलेस यादवको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका यादवको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी, ताप्लेजुङ पाथिभरा याङवरक–४ मा पनि ट्याक्टरमा दुर्घटना भएर सह चालकको मृत्यु भएको छ । ना ७ त ३३९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा वडा नम्वर १ नाङखोल्याङका २० बर्षीय सुर्यमान राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरका चालक याङवरक–१ का २३ बर्षिय नरबहादुर राई घाइते भएका छन् । उनलाई उपचारकोलागि अस्पताल भर्ना गरिएको छ ।

फायल तस्बिर ।

Author:



क्याटोगरी छान्‍नुहोस