सोनाम ल्होसार पर्वले सामाजिक एकतालाई थप मजबुत बनाउने मुख्यमन्त्रीद्वारा विश्वास व्यक्त

जनकपुरधाम, ३० माघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले तमाङ समुदायको विशेष पर्व सोनाम ल्होसारको शुभकामना दिएका छन् । शुक्रवार मुख्यमन्त्री राउतले शुभकामना संदेश जारी गर्दै सोनाम ल्होसारको अवसरमा प्रदेश, देश एवं विदेशमा रहेका सम्पूर्णमा सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिएका हुन् ।

मञ्जुश्री पात्रोअनुसार माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होसार पर्वले सामाजिक एकतालाई थप मजबुत बनाउने मुख्यमन्त्री राउतको संदेशमा विश्वास व्यक्त गरिएको छ ।

साथै यस्ता चाडपर्वहरुले भातृत्वको सन्देश दिनुकासाथै विश्वमै नेपाली मौलिकता समेत उजागर हुने भएकाले यस्ता पर्वहरुको संरक्षण सम्बद्र्धनमा प्रदेश सरकार प्रतिवद्ध रहेको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस