भारतीय तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई प्रहरी जवान घाइते

जनकपुरधाम, ३० माघ । पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपडाढीमा भारतीय बलुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपमा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

झडपमा प्रहरी जवान २४ वर्षीय आयुष राय यादव र २५ वर्षीय नरेश यादव घाइते भएका हुन् । दुवै जनालाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि पठाईएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताए ।

नेपाली भूमिमा अवैध रुपमा भइरहेको बालुवा उत्खनन् कार्यलाई सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको संयुक्त टोलीले रोक्न खोज्दा तस्करहरुले बेल्चा लिएर प्रहरीमाथि आक्रमण गरेको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस