महादेवाका ४२ गरिब विपन्न परिवारलाई बाख्रा वितरण

राजविराज, २ फागुन । जिविकोपार्जनमा केही हदसम्म सहज हुने उद्देश्यले सप्तरीको महादेवा गाउँपालिकाका गरिब विपन्न परिवारलाई निःशुल्क बाख्रा प्रदान गरिएको छ । छिन्नमस्ता विकास कृषक समूहको आयोजनामा आइतवार आयोजित एक कार्यक्रमका बीच गाउँपालिकाको सहयोगमा ४२ गरिब विपन्न परिवारलाई बाख्रा प्रदान गरिएको हो ।

बाख्राकासाथै खोर तयार २–२ थान जस्ता पाता (टिन) र विउ पनि उपलब्ध गराइएको छ । कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष दिपक कुमार यादवले ती परिवारलाई बाख्रा हस्तान्तरण गरेका छन् । ‘बाख्रा पालन गरेर जिविकोपार्जनमा केही हदसम्म सहयोग हुने उद्देश्यले गरिब विपन्न परिवारलाई बाख्रा वितरण गरायौं’ गाउँपालिका अध्यक्ष यादवले भने–‘गाउँपालिकामा बसोवास गरिरहेका यस्ता गरिब विपन्न परिवारको जिविकोपार्जनकालागि अन्य कार्यक्रम पनि रहेको छ, ती कार्यक्रम पनि अबको केही दिनभित्र सुरु हुनेछ ।’

आयोजक संस्थाका प्रतिनिधि विनोद साफीको अध्यक्षतामा आयोजित कार्यक्रममा बाख्रा पाएपछि ती परिवारहरु खुशी भएका छन् । ‘गाउँपालिकाको यस्ता कार्यक्रमले आफुहरुलाई जिविकोपार्जनमा अवश्य पनि सहयोग हुन्छ’ रामचन्दर सदाले भने–‘अन्य यस्ता कार्यक्रमहरु ल्याएर आफुहरुलाई सहयोग गर्न आग्रह छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस