वैशाखमा निर्वाचन हुने अवस्था देखिदैन : डा.यादव

राजविराज । पूर्वप्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले वैशाखमा निर्वाचन हुने अवस्था नदेखिएको बताएका छन् । हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘निर्वाचन हुने सम्भावनाहरु न्यून हुँदै गइराखेको छ’ उनले भने–‘यसको कारण पहिलो कुरा त निर्वाचन आयोगको आफ्नै आन्तरिक तयारीको विषय छ र दोश्रो निर्वाचन आयोगको बाहिरी फ्याक्टर्सहरु हुन्छ निर्वाचनको लागि । राजनितिक दल महत्वपूर्ण पक्ष हो, तेस्रो निर्वाचनसँग सम्बन्धित संसद विघटन र संसद पनस्र्थापना दुईवटैको अहिले सर्वोच्चमा विचाराधीन छ । यो तीनवटा महत्वपूर्ण पक्ष हो ।’

जसले गर्दा यो वैशाखको निर्वाचन हुने अवस्था देखिदैन अब, उनले भने । यद्यपी, अझै ७२ दिनको समय रहेकोले सवै कुराहरु अनुकुल भएर आयो भने निर्वाचन हुनसक्ने डा.यादवको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस