लागुऔषध मुद्दाका प्रतिवादी यादवद्वय पुर्पक्षको लागि कारागार चलान

राजविराज, ४ फागुन । सप्तरीमा लागुऔषध मुद्दामा पक्राउ परेका दुई जना प्रतिवादी मंगलवार पुर्पक्षको लागि कारागार भएका छन् । महादेवा गाँउपालिका–२ का ३४ वर्षीय सन्तोष यादव र हनुमाननगर कंकालिनि नगरपालिका–१४ रामपुरमल्हनियाका ५० वर्षीय विरेन्द्र कुमार यादव कारागार चलान भएका हुन् ।

गत मंसिर ८ गते दुवै जनालाई हनुमाननगर कंकालिनि नगरपालिका–१४ रामपुरमल्हनियास्थित भारतबाट बा९७प १४९७ नम्वरको मोटरसाइकलमा सवार भएर नेपालतर्फ आउने पक्राउ गरिएको थियो । दुवैको साथबाट डाइलेक्स डिसी १८ बोतल, डाइजेपाम ११ र फेर्नागन १० थान ट्याबलेट बरामद भएको थियो ।

दुवै जनालाई सप्तरी जिल्ला अदालतमा पेश गरिएकोमा सोमवार अदालतबाट भएको आदेशले पुर्पक्षको लागी कारागार चलान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस