सप्तरीको मल्हनियाँमा सञ्चालन भयो डेरी उद्योग

राजविराज, ४ फागुन । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्वर १ स्थित मिलन चौकमा माँ सरस्वती डेरी उद्योग संञ्चालनमा आएको छ ।

स्थानीय किसान कामेश्वर यादवद्वारा स्थापना गरेको डेरी उद्योग सोही वडाका वडा अध्यक्ष बैजनाथ यादवले उद्घाटन गरेका हुन् । वडा अध्यक्ष यादवले समाजको आर्थिक समृद्धिको लागि कृषि महत्वपूर्ण पाटो भएको र डेरी स्थापना गर्ने किसान यादवलाई धन्यवाद दिँदै कृषि प्रवद्र्धन कार्यक्रमकालागि वडाद्वारा २ लाख १ हजारको राशी प्रदान गरिने घोषणा समेत गरेका छन् ।

किसानको मेहनतले उत्पादन भएको दूध बिचौलियामार्फत नभई सोझै उपभोक्ता माझ पुर्याउने उद्देश्यले सञ्चालित डेरीको उद्घाटन कार्यक्रममा बोल्दै जसपाका नेता रामेश्वर यादवले किसानको उत्पादन सिधै उपभोक्ताको पहुँचमा पुग्दा दुवै पक्षलाई फाईदा हुने बताए । उत्पादन गर्ने किसानको अवस्था समान्य हुदाँ विचौलियाले उपभोक्तालाई बेचेर मनग्य कमाउने गरेको अवस्थामा उपभोक्तालाई सस्तो र गुणस्तरीय सेवा दिने गरी डेरी सञ्चालन हुनु अत्यन्तै खुशीको कुरा भएको नेकपाका युवा नेता एवम् बलान बिहुल गाउँपालिका अध्यक्षका प्रत्यासी अशोक यादवले बताए ।

सोही अवसरमा जनता समाजवादी पार्टीका अर्का नेता दिगम्बर यादवले लकडाउनसँगै निजी उद्योगले दुग्ध खरिद गर्न बन्द गरेपछि सडकमा दूध पोख्नेसम्मको गतिविधिलाई निरुत्साहित गर्न किसानले आफ्नो बिक्री केन्द्र सञ्चालन गर्दा स्थानीयलाई समेत सहज हुने बताए । पूर्व गाविस अध्यक्ष अरुण कुमार गोईतले बजारमा अस्वस्थ प्रतिस्पर्धा, प्रशोधित र अप्रशोधित उत्पादनलाई उस्तैउस्तै ठान्ने उपभोक्ताको चेतना, औद्योगिक परिवेशको अभाव, जुन मौसममा बढी उत्पादन हुन्छ त्यही समयमा खपत कम हुने तर जब उत्पादन र सङ्कलन कम हुन्छ तब बजारमा माग धेरै हुने, निरन्तर गुणस्तर कायम गर्न स्रोत, राख रखाव, ओसारपसार र प्रशोधनको सही व्यवस्थापनमा पर्याप्त ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा रामेश्वर यादव, पुर्व जिल्ला शिक्षा अधिकारी गङ्गाराम यादव, पूर्व गाविस अध्यक्ष अरुण कुमार गोईत, युवा नेता राम नारायण यादव (अगिन्धर), नेता दुखी यादव, समाजसेवी रामप्रकाश भदिसवार, कारी चौधरी, महेन्द्र यादव, जुरीलाल मरिक, रामबोध यादव, रामप्रसाद चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस