जनता टेलिभिजनकर्मी राम पुरस्कृत

राजविराज । जनता टेलिभिजनकर्मी विद्यानन्द राम पुरस्कृत भएका छन् । जनता प्रसारण तथा प्रकाशन लिमिटेडको नवौँ वार्षिकोत्सवको अवसरमा मंगलवार आयोजित कार्यक्रमका बीच राम पुरस्कृत भएका हुन् ।

सो कार्यक्रममा संस्थाका नौ जनालाई कर्मचारीहरुलाई सम्मान एवं पुरस्कृत गरिएकोमा जिल्ला संवाददाताहरुमध्ये सेवा पुरस्कारबाट रामलाई पुरस्कृत गरिएको जनता प्रसारण तथा प्रकाशन लिमिटेडले जनाएको छ ।

विगत ७ वर्षदेखि सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्दै राम मधेश लाइभ अनलाइनका कार्यकारी सम्पादक समेत हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस