‘हामीलाई विश्वास छ सर्वोच्चले अहिलेको परिस्थितीबाट निकास दिनेछ’

जनकपुरधाम, ७ फागुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा वर्तमान समयमा देखिएको समस्याले सवै पक्षलाई चिन्तित बनाएको बताएका छन् । शुक्रवार जनकपुरधाममा ‘७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस समारोह–२०७७’को अवसरमा आयोजित कार्यक्रम उनले यस्तो बताएका हुन् ।

‘यो मुलुक सवैकोलागि हो र सवैले यो मुलुकमा स्वतन्त्रताको अनुभुति गर्न पाउनुपर्छ’ उनले भने–‘जति पनि आन्दोलनहरु भए, ती सवै आन्दोलनको उद्देश्य पनि यही नै थियो ।’ तर ती उपलब्धीहरु गुम्ने खतरा बढेको उनले बताए ।

‘नेपालको संविधान २०७२ ले हामीलाई गणतन्त्रण, लोकतन्त्र, संघीयता, समानुपातिक सिद्धान्तलाई सुनिश्चितता गरेको छ’ मुख्यमन्त्री राउतले भने–‘वर्तमान समयमा देखिएको समस्याका कारण लोकतन्त्रकालागि लड्ने योद्धाहरु, गणतन्त्रण र संघीयताकालागि वलिदानी दिने योद्धाहरु र तिनका परिवारहरु चिन्तित छन् ।’

लोकतन्त्र, संघीयता, गणतन्त्र, समानुपातिक समावेशीता सवैको चिन्ताको विषय बनेको उनले बताए । ‘अहिले सवैको ध्यान सम्मानित सर्वोच्च अदालततिर छ, मुलुकमा दिइएको यत्रो वलिदानी के हुने हो?’ उनले भने–‘तर, हामीलाई विश्वास छ सम्मानित सर्वोच्च अदालतले उपलब्धीहरुको रक्षा गर्दै नेपाली जनतालाई अहिलेको परिस्थितीबाट निकास दिनेछ ।’

Author:



क्याटोगरी छान्‍नुहोस