कोशी किनारमा ढिस्कोले पुरिएर एक बालकको मृत्यु, एक घाइते

राजविराज, ८ फागुन । सुनसरीको बराहक्षेत्र नगरपालिका–८ स्थित बालुवा र माटोसहितको ढिस्कोमा पुरिएर शनिवार दिउँसो एक बालकको मृत्यु भएको छ । सालबन्दीस्थित कोशी नदिको किनारमा रहेको पानी जमेको भौडीको डिलमा खेल्ने क्रममा बालुवा र माटोसहितको ढिस्कोमा पुरिएर १४ बर्षीय प्रज्वल राईको मृत्यु हो ।

पुरिएर गम्भीर भएका बालकलाई बराहक्षेत्र नगर अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।

बालकसँगै खेल्ने गएका उनकै भाइ १० बर्षीय राजन राई समेत पुरिएर घाईते भएका छन् । उनलाई थप उपचारको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले जनाएको छ ।

फायल तस्बिर ।

Author:



क्याटोगरी छान्‍नुहोस