सप्तरीमा ५०५ जना फरार प्रतिवादीमाथि ६५ वर्ष छ महिनाबढी कैद भुक्तान बाँकी

राजविराज, ८ फागुन । सप्तरी प्रहरीले ५ महिनामा ५०५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन गराउने अप्रेशन थालिएसँगै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

देवानी र फौजदारी मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट कैद र जरिवाना तोकिएका ५०५ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

उनका अनुसार गत असोज ७ गतेदेखि फागुन ७ गतेसम्म पक्राउ गरिएको उनीहरुलाई कैद र जरिवाना भुक्तान गर्न अदालतमा दाखिला गराइएको छ । उनीहरुमाथि ६५ वर्ष छ महिना २२ दिन कैद र १२ लाख ७७ हजार ७२६ रुपैयाँ जरिवाना असुल उपर गर्न बाँकी छ ।

Author:



क्याटोगरी छान्‍नुहोस