प्रेस नेपाल प्रदेश २ का कार्यवाहक अध्यक्षको जिम्मेवारी सुरेशकुमार यादवलाई तोकियो

राजविराज, ८ फागुन । प्रेस नेपाल, प्रदेश २ का कार्यवाहक अध्यक्ष पदको जिम्मेवारी सुरेशकुमार यादवले पाएका छन् ।

अध्यक्ष श्यामसुन्दर यादवले शनिवार विज्ञप्तिमा जारी गर्दै कार्य व्यस्तता र अन्य महत्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने भएकाले संगठनलाई समय दिन नसकिने भन्दै कार्यवाहक अध्यक्षमा वरिष्ठ उपाध्यक्ष यादवलाई जिम्मेवारी तोकिएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘म प्रेस नेपाल प्रदेश २ को अध्यक्ष पदमा रहेर हालसम्म काम गर्दै आएकोमा कार्य व्यवस्ता र अन्य महत्वपूर्ण जिम्मेवारी समेत वहन गर्नुपर्ने भएकोले संगठनमा समय दिन नसकिने भएकाले अध्यक्षले गर्नुपर्ने सवै कामकाज गर्नकालागि यस संगठनका वरिष्ठ उपाध्यक्ष श्री सुरेश कुमार यादवलाई कार्यवाह अध्यक्षको जिम्मेवारी तोकिएको जानकारीकोलागि अनुरोध छ ।’

विज्ञप्तिमा कार्यवाहक अध्यक्ष यादवले संगठनको उद्देश्यअनुसार सक्रियताकासाथ कामकाज गर्ने विश्वास गरिएको छ भने कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस