जसपा संघीय परिषद्का अध्यक्ष डा.भट्टराई उपचारका लागि भारत जादै

जनकपुरधाम, ९ फागुन । केही दिनयता बिरामी परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई उपचारका लागि भारत जाने भएका छन् ।

उनी नेपाल वायुसेवा निगमको जहाजबाट आइतवार भारत दिल्ली जान लागेका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईको पेटमा समस्या देखिएपछि काठमाडौंस्थित निदान अस्पतालमा भर्ना भएका थिए ।

उपचारकै क्रममा उनको ‘न्युरो इन्डोक्राइनको ट्युमर’ रहेको आशंका गरेपछि थप उपचारका लागि भट्टराई दिल्ली जान लागेका हुन् । उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ अस्पतालमा हुने जनाएको छ । उनीसँगै पत्नी हिसिला र उनका प्रेस संगोजक विश्वदीप पाण्डेय पनि दिल्ली जाँदैछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस