आफ्नै बुवा र मामा मिलेर बालकको अपहरण, १ करोड रुपैयाँ फिरौती माग

जनकपुरधाम, ९ फागुन । धनुषाको नगइराइन नगरपालिका–६ गंगुलीमा आफ्नै बुवा र मामा मिलेर एक बालकको अपहरण गरेको आशंका गरिएको छ । अपहरणमा परेका रमेश साहको ७ वर्षीय छोरा चन्दन साहलाई ७ घण्टापछि उद्धार गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहका अनुसार सो घटनामा हाल बालकका बुवा र मामा गरी तीन जनालाई नियन्त्रणमा लिएका छन् । शनिबार दिउँसो १ बजेतिर घरबाटै बालक अपहरणमा परेका थिए ।

शनिवारै अपराह्न ४ बजेतिर परिवारजनसँग फोनमार्फत एक करोड फिरौती माग गरेपछि प्रहरीले अनुसन्धान थालेका थिए । अनुसन्धानकै क्रममा राति ८ बजे जनकपुरको माछा बजारस्थित एक घरबाट बालकको सकुशल उद्धार गरिएको प्रहरी निरीक्षक साहले बताए ।

घटनाको प्रारम्भिक अनुसन्धान अनुसार आफ्नै बुबा र मामा मिलेर अपहरण गरेको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस