ट्रकको ठक्करबाट स्कुटरमा सवार दुई जनाकै मृत्यु

विराटनगर, ९ फागुन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–४ स्थित ट्रकको ठक्करबाट घाइते भएका दुवै जनाको मृत्यु भएको छ । शनिबार बेलुका साढे ७ बजे प्र १–०१–००१ क १०३५ नम्वरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको को ३१ प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा सोही नगरपालिका–८ का २३ बर्षीय प्रदिप धामी र २२ बर्षीय सुदिप भुजेल गम्भीर घाइते भएका थिए ।

दुवै जनालाई उपचारार्थ अरनिको अस्पताल उर्लाबारीमा भर्ना गरिएकोमा राति ८ बजेतिर उपचारको क्रममा दुवै जनाको मृत्यु भएको १ नम्वर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ट्रक र चालक झापाको कमल गाऊपालिकाका भिम बहादुर दाहाललाई नियन्त्रणमा लिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस