मुख्यमन्त्री राई विरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश

विराटनगर, ९ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश भएको छ । आइतबार बसेको प्रदेश संसद बैठकमा राईविरुद्ध इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

मुख्यमन्त्री राईविरुद्ध गत पुस १२ गते दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । सो अविश्वासको प्रस्तावमा ३७ जना सांसदले हस्ताक्षर गरेका छन् ।

मुख्यमन्त्री राईविरुद्ध नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम अविश्वासको प्रस्ताव पेश भएको हो । दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव पेश गरे पनि सत्ता पक्षका सांसदहरूले भने बैठक नै बहिष्कार गरेका थिए ।

अविश्वास प्रस्ताव पेश हुनेबित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका थिए । अब अर्को बैठक भने फागुन २० गतेका लागि राखिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस